भाग्य बिधाता को ?

भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
-वर्डसवर्थ
हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ .


प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ?
यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य !
भाग्य !!!
यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य - इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।
भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्‍यो ।
मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।
हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।
सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य आँफैबाट सुरु गरौ।

 

धन्यवाद!!!
राज घले

               Just for you,

 

प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ? यसको एउटै जवाब आउछ - आफ्नो आफ्नो भाग्य !

 

यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्यो ।

हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।


हामी सबै थोक पाउन सक्छौ ।


सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै आँफैबाट सुरु गरौ।

 

 

धन्यवाद!!!
राज घले