प्यारीलाई सन्देस...
प्यारी,
यो तिमी सँग बिछोडइएको तिम्रो यो प्रेमी अहिले सम्म कुसल नै छ र तिमी लाई कसो छ भनेर सोध्न चाहन्छ । बस्तुत: जस्का लागि बिपत्ती हरु साह्रै सुलभ छन र परि परि आउछन अर्थात जस्माथि बिपत्ती हरु खनिएका छन तिनिहरु को यस्तै पिडा हुन्छ। तिमी देखी टाढा बसेको तिम्रो यो प्रेमी को त बिधी नै बैरी भएको छ र तिमी सम्म पुग्ने सारा बाटा हरु एस्ले थुनुदिएको छ । तेसैले तिमीसँग बसेर, भेटेर भलाकुसारी गर्न एस्ले पाएको छैन। तरपनी आफ्नै दुब्लोपना, आफ्नै छातीको जलन पिडा अनी आँखा बाट बहिरहने बलिन्द्र आसुँ, मिलनप्रती को उत्सुक्ता र निस्सासिने तातो उक्छबास लाई आत्मसाथ गर्दै तिमी पनि म जस्तै बिरह को आगोमा जलिरहेकी हौली, बर्बर्ती आँखा बाट आसुँ झार्दै हौली अनी कहिले मिलन होला भनी उत्सुक भएकी हौली भन्ने सोचेर मन्मनै कल्पेर बसेको छु।
प्यारी, के तिमीलाई याद छ? तिम्रो मुख चुम्ने र अधरामृत पान गर्ने लोभ ले तिम्रो यो प्रेमी तिम्रा सखी हरु या मान्यजन जो सुकै का सामुन्ने पनि भन्न सकिने सामान्य से सामान्य कुरा पनि तिम्रो कानैमा भन्न तम्सिन्थ्यो अब आफ्नो प्रेमिसँग तिमी न त कुराकानी गर्न सक्छेउ न त आँखा भरी हेर्न नै। 
प्यारी, म यहाँ बसेर लता हरुमा तिम्रो सारिरिक् सौदर्य खोज्दै छु चकित हरिणी हरुको चन्चल आँखा मा तिम्रो हेराइ देख्दै छु , मयुर का प्वांख् मा तिम्रो कपाल लाई खोज्दै छु र सागर को  लहर मा तिम्रो आँखीभौ को खेल देख्दै छु । तर कुनै ईे चिज हरु सँग तिम्रो तुलना हुनै सक्दैन ।
प्यारी, गेरु, सिलाजित, गन्धक र सिन्दूर जस्ता पहाड मा पाइने प्राकृतिक रङ हरुले तिम्रो उदासिएको तस्बिर कोरेर तेस्लाई खुशी तुल्याउन जब म आफ्नो दुबै हात जोडेर तिमीसँग प्रार्थना गर्न खोज्छु तब भित्रै बाट भक्कानो फुटेर आउँछ , मनै उर्लन्छ र आँसुको खोलो बग्छ अनी आसुँ ले टल्पल भयेका आँखाले  म तिम्रो तस्बिर लाई राम्ररी नियाल्न पनि सक्दिन एसरी तस्बिर मै भएपनी हुनै लागेको हाम्रो मिलन लाई दैब ले सहदैन।
बर्षात पछी को मौसम जस्तै तिम्रो मुख रुपी कमल बाट टाढिएको तिम्रो यो प्रेमी तेतिकै कम्जोर भएको छ। अब तिमी नै सोच त प्यारी जब बसन्त को मौसम बित्नेछ अनी चारै तिर मडारिदै कुदेका घना बादल ले सुर्य लाई ढाकी दिनेछन अनी रातभर निस्पट अध्यारो मा रात बिताउनु पर्दा मेरा दिन हरु अनी रात हरु कसरी बित्लान खै म त कल्पना नै गर्न सक्दिन।   
प्यारी तिमीलाई सपनी मा देखेर सपनिमै कसेर टास्ने ईच्छा ले जब म आफ्नो दुबै हात फैलाएर बर्बराउंछु तब मेरो दसा देखेर देवता हरु का समेत आँखा बाट आसुँ झर्छन र वरीपरी का बन तथा बुट्यान् का भर्खरै फेरिएका पालुवामा पर्छन । मेरी गुनेली प्रिय,तिनै पालुवाका मुन्टा हरुलाई तत्काल चिचोल्दै सल्लाको मिठो खोटो को गन्ध बोकेर हिमाल बाट दक्षिण तिर हानिएर आएका हावा का झोका लाई यतातिर मोडिनु अगाडि तिम्रा अङग लाई स्पर्श गरेका होलान भनेर म अंगालो हाल्ने गर्छु।
हे चन्चल नयेना प्रिय,
म मन मनै आफुले बिताउनै आपत पर्ने कहालीलाग्दो चार प्रहर रात कसरी एकपल जस्तै छोटो हुनसक्ला र दिनपनी सबै रितु हरुमा झै एकैनास ले मन्द मन्द मिठो घाम लाग्ने, नपोल्ने होला भनेर सोचेर बस्छु। येसरि गाह्रो सँग मात्र पुरा हुने मेरो मन्सुबा लाई तिम्रो बिरह ब्यथा ले एकदमै असह्य पारेको छ। तैपनी एकदमै सोच बिचार  गरेर आफुले आफुलाई सम्हालेको छु। तेसैले हे प्यारी तिमी पनि धेरै कातर नबन्नु, दुखी नहुनु हेर ! संसार यस्तै हो यहाँ सबैलाई सधैं सुखै सुख र सबैलाई सधैं दुखै दु:ख मिलिरहन्न। दु:ख सुख भनेको एउटै पाङ्रा का दुई किनारा झै कैले तल कैले माथि भैरहन्छन ।   हाम्रा पनि बिछोड र ब्यथा, पिडा का दिन अबस्य बित्नेछन र हामी दुई को मिलन अबस्य हुनेछ तेसै बेला अहिले बिछोड को बेलामा सोचेका र मन मा कल्पेका सारा कुरा लाई हामी सरद रितु को मोहक छटामा मादक चादनि रात मा पुरा गरौला। प्यारी के तिमीलाई याद छ एक रात तिमी रुदै र चिच्याउदै उठेकी थियौ अनी मैले किन भनेर सोद्धा तिमीले मुस्कुराउदै आफु स्वोप्निल रङ मा रङिएर उड्दै हराउदै गरेको सपना देखेको कुरा भनेकी थियौ तिनै कुरा सम्झेर अनी सोच्नु कि म कुसल नै छु । अरुको बहकाब मा लागेर मेरो प्रेम माथि संका नगर्नु। काला काला आँखा भएकी प्रियसी, मान्छे हरु किन हो कुन्नी बिरह मा प्रेम कम् हुन्छ भन्छन तर मलाई त त्यस्तो लाग्दैन। साचो कुरो त यो हो कि जब सोचेको कुरो सजिलै प्राप्त हुँदैन तब तेस्लाई पाउने अभीलाशा अझै जाग्छ र प्रेम अझै गाढा बन्छ।। अझै गाढा।....
सँकलन्-सुजिता आचार्य
Telaviv Sahar
Israel,
update by Nepal Chautari Israel www.nnchautari.com