तमुहरुको एकता

                                         तमुहरुको संगठन एक नहुनुको कारण

जातियाहरुको पहिचान; समुदाय, ईतिहास, युगसापेक्षज्ञान्, विज्ञान्, अर्थ, प्रविधी स्रोत र साधन सबै कुराले समृद्द छ । हामीले गर्व गर्नुपर्छ कि हामी सँग हाम्रो पुर्खाले संसार हल्लाएको ईतिहास् छ । मातृसत्तात्मक आदिम युगमा अडिएका समाजको आफ्नै प्‍येताँ ल्हुताँको अभिलेख छ, आफ्नै भुमिपुत्र र राज्य ईतिहासको अस्तित्व छ । यसै सन्दर्भमा हामी तमुहरुले समाजको विगतलाई हेर्ने हो भने स्वर्णयुग भन्नु पर्छ । तर आज आएर वर्तमानमा सबै कुराले सम्बृद्द भैइकन पनि तमुहरुको विचमा एक अन्तरद्वन्द चर्की रहेको म ठन्दछु । किनकी एउटै जाती, एउटै भाषा, एउटै धर्म कर्मकाण्ड आदी भएर पनि एउटै घरमा एक भएर बस्न तमुहरु सकिरहेको छैन । अहिलेको यो विश्वभरिका विभिन्न मुलुकहरुमा भैइरहेक्को अन्तरद्वन्द अर्थात गृहयुद्धको अभ्यास कतै यस् तमु जातिहरुमा पनि भएको होकी भन्ने प्रश्न उठ्छ । तसर्थ तमु समुदायहरुले यही बाटो लिने हो भने भविष्य राम्रो छैन । त्यसकारण तमुहरुको विद्वान वर्गहरुले निकै सोच्, नम्र,धैर्य,सहनशिलता भएर सोच्नु पर्दछ । यसै सन्दर्भमा तमु समुदायको सामाजिक विकासको चरण र समाज विकासको सिद्धान्तलाई हेर्ने हो भने ठीक विपरित ढंगले रहेको देखिन्छ ।

अब हामी यस अवस्थामा हाम्रो समुदायको उत्थानको निम्ती एकताको विन्दु खोजिरहेको अवस्थामा छौं । यसै सन्दर्भमा हामी धेरै प्रयासहरु गरिरहेका छौं । यहाँ आएर हामी विद्धान तमुहरुले हिजो हामीलाई कसले फुटायो र कसले हामीलाई आपसमा झाँगो हाली यो विचल्ली बनायो सो कुराको यथार्थ हामीले बुझ्नुपर्ने र बुझ्नसक्नु नै हाम्रो मुख्य विवेक हुन् । यसरी फुटको विशालु विष रोपी दिएर एक थरिका जातिहरु हामी तमुहरुको विच भैइ रहेको आपसी झगडा को रमिता हेरिरहेको अवस्था छ र यस बेला हामी नै सजग भएन भने को भैइ दिने? त्यस कारण हामीसँग हाम्रो अभिलेखहरु छन् जसमा हामी तमुहरुलाई फुट गराएर आफ्नो स्वार्थ लिने यि एक थरिका धुर्त जातिहरुले यि षडयन्त्र रच्यो यसरी उनिहरुले हामीलाई पिलाएको विषको विउको जरालाई उखेली फाली दिने काम हामीले गर्नु पर्छ । यो काम गर्नको लागि हामी हिजोको अवस्थामा र आजको अवस्थामा फरक छौं । हिजो हाम्रो पुर्खाहरु अशिक्षित थिए । विश्वासी थिए र ईमान्दार थिए । जसले चिप्लो लगाई चिप्लो कुरा गरिदिन्थे ति कुरालाईइ विश्वासा गरिदिन्थे र यो अवस्था भएको हो । तसर्थ आज आएर हामी तमुहरु पनि सिक्षित भएकाछौं, विद्वान भएका छौं, हामी तमुहरु विविध पक्षमा समृद्धा छौं । त्यसैले अब हामी अर्काको ईशारामा नाच्ने होइन आफ्नै सोच र विवेकमा हिंड्नु पर्छ । यसै कारण हामी तमुहरुले हामी जहाँ भए पनि हामी तमु जातिको मुलभुत कुरा आफ्नो भाषा, संस्कृति धर्म पहिचान लाई आत्मासाथ गरी अब म २१औं शताब्दिको तमु हुँ हिजो हामी तमुहरु फुट भएर आपसमा लडाएर आफुले मौकाछोपी स्वार्थ लुटेका ति धुर्तहरुलाई हाम्रो सक्षम शैक्षिक युगको परिवेशको जवाफ एक अर्कामा मत भेद गरी तमुहरुको पहिचान दिने होइन । हामी हिजो एकै परिवारका सन्तान हौ र हामीलाई यि शब्द भन्न कुनै अफ्ठ्यारो हुँदैन । हामी तमुहरुको सबै पक्षमा एक हुने र एक गर्ने पक्षको विचार हामी सबै विद्धान तमुहरुले गर्नु पर्छ हामी सबै तमुहरुको सोंच र विचार एक हुँदै र गर्दै लगेमा हामी तमु जातिको उत्थानका लागि केही अगृम पङ्तिमा रही लेख्, विचार, भाषा, एकता र उत्थानमा लागेका कुनै पनि तमु व्याक्ती वा कार्यकर्ताहरुलाई हिजोका हाम्रा पुर्खाले सराप्ने र भावी सन्ततिले धिक्कार्ने छैन ।

 

Update by:

एस् राज घले
गोर्खा नेपाल