तमु कि तमुस्यो ?

मान्छे यानेकी मानिसलाई दुई लिङ्गमा छुट्ट्याइएको हामी पाउछौं, त्यो हो महिला र पुरुष । त्यस भित्र पनि अरु युवा-युवती, केटा-केटी, आईमाई-लोग्ने, र बच्चा-बच्ची इत्यादि । यसरी लिङ्ग छुट्ट्याउने क्रममा यति मात्र नभएर हामीले बोलिचालिमा पनि थुप्रै यस्ता त्यस्ता शब्दहरु प्रयोगमा ल्याउछौं । वास्तवमा यस्ता खाले शब्दहरुले बोलिचालिमा लिङ्ग छुट्ट्याउन धेरै सजिलो भएता पनि यसको भित्रिया असरहरु कसैले पनि ख्याल नगरेको देखिन्छ । यहाँनिर मैले भन्न खोजेको लिङ्ग छुट्ट्याउन प्रयोग गरिने अर्को शब्द हो थर यानेकि जाति । हामी भन्ने र बुझ्ने गर्छौं कि, पुरुष गुरुङ् लाई गुरुङ भन्ने र लेख्ने गर्छौं भने महिला गुरुङ लाई गुरुङ्स्यानि भन्ने र लेख्ने गरेको पाउछौं । यो हामी तमुहरुको मात्र होइन मगर को मगर्नी, ठकुरिको ठकुर्नी, छेत्रीको छेत्रीनि, दमै को दमिनी, कामिको कमिनी, सार्किको सर्किनी, नेवारको नेवारनी, बहुन को बहुन्नि, तामङ को तामङ्नी, भोटेको भोटेनी आदी आदी । जाती अनुसार सबै जातिको बिशेष गरी महिला बर्गलाई चिन्नको लागि अन्तमा नि जोडेर बोलिन्छ ।

यस शिलशिलामा बोलिचालिमा प्रयोग गर्दै जाने क्रममा कतै कतै जस्तो बोलिचालिमा प्रयोग गरिएको र त्यस्तै लेखाईमा पनि प्रयोग गरेको भेटिएकोछ । यसरी यो भेटिएको भएता पनि यसको वास्तविक असर के र कसरी पर्न सक्छ अथवा कुन अवस्थामा अफ्ठेरो पर्न सक्छ भन्ने कुरा शायद धेरै जसोले ख्याल नगरेको हुन सक्छ । तर यो पक्का यथार्थ घटना हो, कहीं कहीं कसै कसै लाई टाउको फुट्ने गरी दु:ख र अफ्ठेरो परेको छ । अन्या जातिहरुको मलाई ख्याल छैन तर हामी तमुहरुको बारेमा मेरो सामु नै घटेको समस्यालाई मध्यानजर गरी यो बिषयमा हामी तमु बर्गहरुले बिचार गरोस् बोलिचलिमा प्रयोग गरेको भएता पनि लेखाइ मा प्रयोग नगरोस् भनी भन्न खोजेको हुँ । हामीले हाम्रो आफ्नै मुलुकको सन्दर्भमा हामीले बुझ्ला र महशुस् पनि गर्ला तर नेपाली भन्दा बहिरको अन्य बिदेशिहरुको अगाडि हाम्रो कागज पत्रहरु पेश गर्नुपर्दा शायद मिल्दो हुनुपर्छ भनेर नभन्ने कुरै छैन, अवश्य भन्छ नै ।

प्रसङ्ग, एक जान भु पु लाहुरेको छोरीको हो, हङ कङमा जन्मिएकी लाहुरेको छोरीको जन्मा दर्ता गर्दा लाहुरे बाबाले आमा र छोरीको नामको पछाडि थरमा नि जोडेर गुरुङ्स्यनी लेखिदिएको रहेछ । तर नेपालमा स्कुल पड्दा, नगरिकता, पसपोर्ट आदी कागज पत्रमा छोरीको थरमा गुरुङ मात्र लेखेको त्यसतै आमाको नगरिकता र पास्पोर्ट, विवाह दर्ता आदी कागज पत्र हरुमा गुरुङ मात्र लेखेको डकुमेन्ट हरु रहेछ । तर हङ कङमा जन्मिएका छोरीको जन्मा दर्ता सर्टिफिकेट्मा गुरुङ्स्यनी लेखिएको हुनाले हङ कङमा आई डि निकाल्न उनलाई धेरै दु:ख भएछ । हङ कङको ईमिग्रेशनले भने अनुसार, मागे अनुसार बिचरा उनिले नेपाल देखि सबै कागज पत्र हरुमा गुरुङ र गुरुङ्स्यनी एउटै हो भनेर अर्को प्रमाण सम्बन्धित निकायबाट बनाएर ईमिग्रेशन लाई बुझएपछि उनिले आफ्नो हङ कङको आई डि र आमाको आई डि पाउन सफल भएछ्न ।त्यसपछि लाहुरेको बि एन ओ भएका बाल बच्चाहरु यु के जान पाउने र यु केको नगरिकता पाउने भए पछि त्यहाँ उनिले त्यो भए भरको सबै डकुमेन्ट देखाउदा र बुझाउदा पनि उनिलाई हत्तु भएछ एकतिर भाषा को समस्या अर्को तिर डकुमेन्ट मा थपिएर लेखिएको त्यो स्यनिले उनिलाई नराम्रो सँग भुमरिमा पारेको यथर्थ घटनाहरुलाई यो मानसपटलबाट हटाउन नसक्दा र यो हाम्रो तमुहरुले प्राय जसो ठाउ हरुमा अझै पनि गुरुङ को गुरुङ्स्यनी लेखे जस्तै तमु को तमुस्यो लेखेको देख्दा कतै पछि यो तमु भन्ने र तमुस्यो भन्ने भिन्दा भिन्दै जात्,थर हुने त होइन? जाती बाट प्रजाती हुँदै जाने र inter-caste विवाह फस्टाउदै गएको यो जमनामा यो हुन सक्दैन भन्न सकिन्न । त्यसैले पछि भविश्य मा माथि लेखिएको लाहुरेको छोरीको जस्तै समस्या आउन नदिन र दुई जाती भनि छुट्टीन नदिन अहिले देखि नै महिला (स्त्री) गुरुङ यनेकी तमु लाई पनि गुरुङ्स्यनी यानेकी तमुस्यो नलेखी पुरुषलाई सरह गुरुङ मात्र लेख्दा कस्तो होला? हामी तमुहरुले यस बिषयमा केही छलफल गर्न सक्छौं कि ?

 

Update by:

एस् राज घले
गोर्खा नेपाल