गैर-गुरुङहरुमा भ्रमरुपी खेतीको एउटा विशाल रुखले निकै गहिरो जरा गाढेर बसेको छ कि गुरुङहरु एकआपसमा चार र सोह्र जातहरुमा बाँडिएका हुन्छन् । जसमा चारजाते गुरुङहरुले आफूलाई सोह्रजाते गुरुङहरु भन्दा माथिल्लो स्तरका मान्छन् । यी चार थरी गुरुङहरु क्ले,कोने,लम र लेम हुन् तर हिन्दूकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । तर वास्तवमा गुरुङहरुमा तेस्तो केही विभेद पाइँदैन । पहिलो कुरो त के हो भने गुरुङहरुमा चार र सोह्र गरी बीसओटा मात्र होइन, लगभग दुई सय थर-उपथरहरु विधमान छन् । हो, विगतमा केही समयको लागि यस प्रकारको गलत चलन गुरुङहरुको बीच प्रत्यारोपन नभएको चाहिँ होइन । हिन्दू वर्णव्यवस्थाको अनुशरण गर्दै गुरुङहरुले पनि यस प्रकारको व्यवस्था आफ्नो समाजमा ल्याउने प्रयत्न गरे । इतिहासले भन्छ कि राजा जगति खान -जैन खानका पनाति )का पुरोहित भोजराज पण्डितले गुरुङहरु बारे एउटा झूठो वंशावली तयार पारे जसमा उनलाई राज्य विस्तारमा सहयोग गर्ने गुरुङ मुखियाहरुलाई ठूलो जात र असहयोगीहरुलाई तल्लो जातमा झारेर दास-कमाराका सन्तान बनाई दिए । यस प्रकार गुरुङ समाजमा वर्ग विभाजन सुरु भयो । अनपढ सोझा गुरुङहरुले सजिलै चतुर पण्डितको कथामा विश्वास गरे । साथै, केही दम्भी र अविवेकी ठूलाबडा भनाउँदाहरु जसको आर्थिक रुपले सम्पन्न थिए वा कुनै ठूलो मानपदवी थापेर बसेका थिए उनीहरु आफूहरुलाई गाउँ समाजका अन्य मानिसबाट छुट्टाएर आर्य शासकहरुको समीप राख्न रुचाउँथे । आफ्नो रवाफ वा मानसम्मानलाई कायम राख्न भनौं या आफूलाई विशिष्ट देखाउने चक्करमा आफूहरु र अन्य वर्गको बीचमा एक मसिनो सीमारेखाको निर्माण गर्थे । यसका लागि उनीहरु विभिन्न बहाना गरेर आफूलाई सुहाउने नीति वा नियमहरु निर्धारण गर्थे । फलस्वरुप केही समयको लागि भए पनि यी अदूरदर्शी र दम्भी गुरुङहरुले गर्दा गुरुङ समाज चार र सोह्र जातको कुरीतिमा फस्न पुग्यो । यसमा केही धर्ूत र स्वार्थी तत्वहरुले पनि भ्रमपूर्णकथाहरुको सिर्जना गरेर आगोमा घ्यू थप्दै गए ।

 

तर गुरुङगुरुङको बीचमा कोरिएको यस विभाजनको रेखाले चीर स्थायित्व चाहिँ पाएन । यस नीतिको दूरगामी दुःपरिणामहरुलाई ध्यानमा राखेर केही समझदार गुरुङहरुद्वारा बडो विवेकपूर्णढंगले यसको विरोध गरियो । परिणामस्वरुप चार र सोह्र जातको झगडा जङ्गबहादुर राणाका समयमा अर्थात् विक्रम संवत् १९२४ सालमा एउटा सनदपत्र गराएर कर्नेल लछमन गुरुङले सदाका लागि अन्त्य गराए । जङ्गबहादुर राणाका पालामा अर्थात् विक्रम संवत् १९२४ साल पौष १३ गतेको दिनमा गुरुङ जातको सामाजिक स्थिति बसाल्न गराइदिएको लालमोहरमा साफ उल्लेख गरिएको छ कि- "फलानाको छोरीविवाह गर्दैन भन्यो वा फलानालाई छोरीदिंदैनौ भन्या छोरीलिदा दिदा आफनु खुसी हुन्छ कर लागदैन । गुरुङ गुरुङ जातमा हाम्रो जात ठूलो हो तेस्को जात सानु हो भन्या र भात काढन्यालाई २०/२० रुपैया डंड गर्नु जितन्यालाई जिताउरि पर्दैन भंन्या अैन गरि बकस्याको छ ।" यसले सिद्ध गर्छ कि विगतमा कतै र कहिलै नभएको जातीय विभाजन गुरुङ समाजमा थोपार्ने कोसिस गरिएको थियो तर गुरुङहरुले यस्तो ढोंगको पर्दाफास सजिलै गरिछाडे ।

 

हाम्रो देश नेपालमा मेची देखि महाकालीसम्म अनेक जातिका मानिसहरु पाइन्छन् । यिनलाई विशेष दुई भागमा विभक्त गर्न सकिन्छ । एक प्रकारका मानिसहरु वर्णव्यवस्थामा आस्था राख्ने देखिन्छन् भने अर्का प्रकारका नेपालीहरु वर्णव्यवस्थामा आस्था नराख्ने देखिन्छन् । ब्राहृमण, क्षत्रिय, वैश्य र शूद्र वर्णव्यवस्थामा आस्था राख्नेहरु हुन्छन् भने राई,लिम्बु, गुरुङ, मगर, तामाङ, शेर्पा आदि वर्णव्यवस्थामा आस्था राख्तैनन् । यो वर्ण व्यवस्था मुलतः हन्दू समाजमा पाईन्छ । यस्तो जातिवादको भावना ल्याउन मुख्य रुपमा हिन्दू धर्मावलम्बीहरुका आद्रि्रन्थ बेद, वेदको व्याख्या भएका ब्राहृमणग्रन्थ, उपनिषद्, म्ानुस्मृति र पुराण आदिले महत्वपूर्णभुमिका खेलेका छन् । भारतीय प्रायद्वीपमा यस वर्णव्यवस्थाले निकै लामो समय सम्म प्रभाव पारेको थियो । तर अचेल त हिन्दूसमाजमा पनि यस प्रकारको जाति तथा वर्गीय विभाजनको अवसान भएको पाईन्छ । यस प्रकारको विभेद र भेदभावको विरुद्ध कडा नियम कानुन नै बनेको छ । 

 

हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा सन् १३२४ मा तराईको राज्यबाट मुसलमानहरुद्वारा विस्थापित भएका हरिसिंहदेवको नेपाल उपत्यका विजयले जातपातको चलन बलियो पार्नेकाम चाँडै हुन गयो । हरिसिंह तथा उनका वंशजहरुले त्यसताका हिन्दूस्तानमा आएको सामाजिक समस्याको विचार गरी नेपालमा सामाजिक कार्यलाई प्राथमिकता दिएका थिए । पछि जयस्थिति मल्लले काठमाण्डौं उपत्यकामा वर्णश्रम ब्यबस्था चलाइको कुरा हामीले धेरै ठाउँमा पढेका छौँ । उनले भारतबाट पाँचजना विद्वान् पण्डितहरु नेपाल बोलाए । शास्त्रहरु खोजेर यी पण्डितहरुले जाति, जातपात, घरबार, खेतीपाती, मृत्यु संस्कार आदि विषयका नियम कानून संकलन गरी शास्त्र तयार गरे । फलस्वरुप काठमाण्डौं उपत्यकाका नेवारहरु ६४ जातमा बाँडिए । यस प्रकार नेपालका जुन जुन जातजातिहरु दक्षिणबाट आएका हिन्दूहरुको सर्म्पर्कमा आए उनीहरुले आफ्नो समाज र समुदायमा पनि वर्णव्यवस्थालाई स्थापित गर्ने कोसिस गरे । पछि आएर मगरहरुले पनि चितौडबाट लखेटिएका हिन्दू राजपुतहरुको संगतमा आफ्नो मगर समाजलाई थुप्रै खाले थर र उपथरहरुमा बाँडे । फलस्वरुप उनमा सहनाई फुक्नेदेखि जनाई -जनै) लाउनेसम्म मगरहरु पाईन्छन् । काठमाण्डौं उपत्यकाका नेवारहरुमा यस प्रकारको जातिय विभाजन पाइनु स्वभाविक नै थियो किन भने बाहिरी आक्रमणकारीको पहिलो लक्ष्य यही उपत्यका हुन्थ्यो । 

 

त्यसपछि यस प्रकारको विभाजन सबै भन्दा बढी मगरहरुमा पाईन्छ किन भने मगर समाज पनि हिन्दूहरुको समीपमा निकै रह्यो । पूर्वी नेपालतिर पनि विसं १८८२ सालतिर र्सर्मे सुनवार र धर्मे सुनवारहरु जस्ता अलिक टाठाबाठाहरुले शासकहरुको हुजुरमा-"हामी सुनवार जातिहरुले पनि ब्राहृमण रितीरिवाज गर्न पाउँ ।" भनेर बिन्ति थरेका थिए । फलस्वरुप, सुनवारमा पनि दशथरीले छोएको बाह्रथरीले नखाने यसरी ठूलो जात र सानो जातमा विभाजित छन् । डाޠहर्क गुरुङले आफ्नो किताब "विषय विविध"को पृष्ठ २२६मा लेखेका छन् -"कर्णली र गण्डकी प्रदेशबाट हिन्दू प्रभाव पूर्ब फैलिँदै गएपछि किराँतीहरुमा पनि जात विभाजनको छाप पर्न गयो । किराँती जातिमा यस प्रकारको सानो-ठूलो सामाजिक विभाजनका उदाहरण हुन् तामाङमा बाह्र जात र अठार जात, सुनवारमा बाह्रथर र दसथर, गुरुङमा चारजात र सोह्रजात, चेपाङमा पुकुन्थली र कछाडे, थारुमा प्रधान र अप्रधान, नेवारमा श्रेष्ठ र ज्यापू, मुस्ताङेमा कुताक र रिघिन तथा सर्ेपामा खादेव र खामेन्दु ।" वास्तवमा विगतलाई नियाल्दा के कुरा साफ छ भने कुनै माथि जातीय -वर्गीय) विभाजन बलजफ्ती लादिएको थियो र कुनैले चाहिं आफूखुशी यस प्रथालाई अंगाले । यसमा प्रमुख दोष त्यसताका शासकहरुको दुर्नियत र उनले सिर्जना गरेको सामाजिक अवस्थाको थियो ।

 

केही मात्रामा यस प्रकारको जातिय व्यवस्था गुरुङहरुले पनि सिके । कारण थियो गोर्खाबाट सुरु भएको नेपाल एकीकरणको समयमा गोर्खा वरिपरिबाट गण्डकी भेगका थुप्रै गुरुङहरु पनि पृथ्वी नारायणशाहको सैनिक सेवामा सामेल हुन पुगे । गुरुङसमाजमा यस प्रकारको बेथितीलाई बसाल्न केही अन्य भ्रमक तत्वहरुले पनि थप साथ दियो । जस्तै शिखरनाथ सुवेदीले सन् १९११ सालमा बनारसबाट छपाएको "थरगोत्र-प्रवरावली" नामक पुस्तक । यस पुस्तकमा काल्पनिक कथा-पण्डित भोजराजले तयार पारेको वंशावली)को भरमा गुरुङहरुलाई दुई वर्गमा विभाजन गरेको थियो । जसमा चार थरी गुरुङहरु चाहिँ राजा र पुरोहितका पुत्र हुन र बाँकी सोह्र जाते गुरुङहरु चाहिँ दास कमाराका पुत्र हुन भनेर भ्रमको खेती गरेका थिए । वास्तवमा यस्ता खाले भ्रमपूर्णकथाहरु उहिलै देखि गुरुङहरुमा प्रचार-प्रसार गरिएको र लादिएको पाईन्छ । यो किताब पुर्णरुपले गलत नियतले लेखिएको किताब थियो त्यस कारण गुरुङहरुले "थरगोत्र-प्रवरावली" नामक यस पुस्तकलाई प्रतिबन्ध लगाउन निवेदन गरेका थिए । र विक्रम संवत् १९७५ साल जेष्ट १ गतेको दिनमा भारादारीबाट गरेको जाहेरी फैसलामा लेखिएको छ कि- "चलि आयाका गुरुङहरुमा कोही थरी कमाराको सन्तान दासी पुत्र भनि नभयाको कुरा "थरगोत्र प्रवरावली" भने नामले छपायाको कितापमा लेषी छपायाको देषिया ठहरेको हुनाले नीजलाई सजाये गर्नलाई गुरुङ जातहरुको मजहपमा षलल हुने गरी लेषि किताप छपायाको हुँदा अदालतका ३७ नम्बरका ऐन बमोजिं निज सीषरनाथ सवीडीलाई तजवीज मो. रु. २० जरीवाना हुन्छ नीज हाल यस सह्रदमा नभै बनारसमा बस्याको बुझीयाको हुनाले सरहदमा फेला परेका बषत तीरे असुल गरी स्याहा दर्ने नतीरे ऐन बमोजिं कैद गर्नु भनि अदालत तहसीललाई लगत बुझाई दिने र गुरुङहरुका जातभात बिहावारीका हकमा लेषिया मुतावीक अघि चली आयाको बमोजिं गर्नु भनि सुनाई दीने गरी यो मुद्दा फैसला गर्ने ठहराई जाहेर गरेका छौं जो मर्जि हुकुं ।" माथिको फैसलाबाट सिद्ध हुन्छ कि शिखरनाथ सुवेदीले आफ्नो किताबमा गुरुङहरु बारे बुझ्दै नबुझी पुरानो वंशावलीको नकल गर्दै भ्रमपूर्णकथा रचे र गुरुङहरुमा विभाजन ल्याउने कोसिस गरे । तर सजग र विवेकी गुरुङहरुको पहलमा उनको यो चाल पनि सफल भएन । उल्टै उनको यो किताबले गर्दा उनलाई सजायको घोषणा भयो ।

 

यस्तै खाले एउटा अर्को भ्रमक कथाअनुसार जब तिब्बतबाट गुरुङहरु तल प्रवेश गरे तब केही गुरुङहरु हिमालय पारभन्दा दक्षिणको मैदानी भागसम्म पुगे र केही हिमालय पार गरे तापनि हिमालयको दक्षिणी माटोभन्दा तल झरेनन् । जुन गुरुङहरु दक्षिणी मैदानमा पुगे ति हिन्दू धर्मको प्रभावमा आए र जो त्यहाँ पुगेनन् तिनमा हिन्दर्ूधर्मको प्रभाव परेन । उनीहरुमा पहिले बोन धर्मको प्रभाव थियो भने आज बौद्ध धर्मको प्रभाव छ । दक्षिणबाट घुमेर गुरुङहरु हिन्दू भएर यहाँ आए भने उत्तरबाट सोझै आउनेहरु अहिन्दू नै रहे । सम्भवतः र्सवप्रथम दक्षिणबाट आउनेहरु चार हुल थिए र उत्तरमा रहेका अहिन्दू गुरुङहरु सोह्र हुलमा विभाजित थिए । आफ्नो पूर्बइतिहासको ज्ञानको अभावमा वा राज्य खडा गर्ने लोभको कारणले गर्दा यिनीहरु आपसमा लडे र त्यसैको कारणले गर्दा यिनीहरुमा चार जात र सोह्र जातको भेद उत्पन्न भयो । तर यो तर्क पनि निराधार छ । हुन त यस कथालाई निकै होसियारीका साथ रचेका रहेछन् । तर हामीले बझ्नु पर्ने तथ्य के हो भने यस कथा अनुसार त चारजात गुरुङहरु हिन्दू हुन र सोह्र जात गुरुङहरु बौद्ध धर्मावलम्बी हुन । जो सरासर गलत छ । खास कुरो के हो भने जो गुरुङहरु आफ्नो समाज देखि टाढा पुगे र हिन्दू समाजको नजिक रहे उनीहरुमा केही मात्रामा हिन्दू संस्कारले प्रवेश पायो जस्तै पुर्बी नेपालका गुरुङहरु । तर जो गुरुङहरु आफ्नो समाजमै रहे उनीहरुले आफ्नै संस्कार र संस्कृतिलाई हुर्काउँदै लगे र अहिन्दू नै रहे । । यस कारण माथि उल्लेख गरिएको कथामा पनि दम छैन र यो कथा सरासर भ्रमको खेती हो भन्ने बुझिन्छ । 

 

अन्त्यमा यो भन्न सकिन्छ कि गुरुङ समाजमा व्याप्त चार र सोह्रजातसित सम्बन्धित भ्रम केहि पनि होइन मात्र केही अविवेकी गुरुङहरुको आफूलाई अन्य गुरुङहरु भन्दा उच्च र ईज्जतदार देखाउने प्रयास मात्र थियो । साथै गुरुङहरुमा विधमान मेलमिलापको भावनालाई खलल पुर्‍याउन चाहन्ोहरुको चलखेल थियो । जसमा शाहवंशीय राजाहरुको हिन्दूकरणको नीतिले आगोमा घ्यूको काम गर्‍यो । र केही समयको लागि भए पनि यस समस्याले गुरुङ समाजलाई आक्रान्त पार्‍यो । त्यसताकाका गुरुङ समाजमा यस प्रकारको प्रयास मात्र छणिक परिवर्तन थियो जो उनले आफ्नो वरिपरिका हिन्दू समाज बाट लिएका थिए । बिस्तारै गुरुङहरुमा फैलिएको सकरात्मक परिवर्तनले यस प्रकारको भ्रमलाई सजिलै चिर्न मदद गर्‍यो र फलस्वरुप आजको गुरुङ समाजमा यस प्रकारको विकृतीप्रति कुनै लगाव र रहर बाँकी रहेको पाइँदैन । अब बाँकी जिम्मा हामी युवा पुस्तामा छ, हामीले पनि हाम्रा पूर्खाले झनै यस प्रकारका गल्ती र भ्रमहरुबाट हाम्रो गुरुङ समाजलाई जोगाएर राख्नु पर्ने हुन्छ । हरेक अप्ठ्यारो स्थितिको सामना विवेकपूर्णढंगले गर्दै यो गुरुङ समाजलाई उन्नतितिर लैजानु नै हाम्रो कर्त्तव्य हो ।

 

update by 

Raj Ghale